२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

धोकेबाजहरुको कथा बोल्ने ‘हाँगाको फूल’मा गायिका समिक्षा अधिकारीको स्वर

काठमाण्डाैं । चर्चित गीत ‘कुरा काट्ने मान्छेले काटुन’का गायक सुभाष पुरीको प्रस्तुतीमा अर्को नयाँ गीत ‘हाँगाको फूलको भिडियो बजारमा आएको छ । लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा रहेको ‘हाँगाको फूलले प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् । केही समय अघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्यापक चर्चा भएको थियो ।

भिडियोः

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस