२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

लघुकथा – मम

कलेजको गेट बाहिर साथी भेटिई। भनी , हिंड खाजा खान जाउँ। साथीको आग्रह टाल्न सकिनँ । भोक पनि लागेको थियो। नजिकै को खाजा घरमा पस्यौं हामी । उसले मम मगाई।

मम खुब स्वादिष्ट थियो। खुब तारिफ गर्यौ। खाइसकेपछि उसले पैसा तिरी। भोलिपल्ट पनि खाजा खान पस्यौं। आजको पैसा म तिर्छु भन्दै मम मगायौँ । खाजाघरमा काम गर्ने सानो भाइले भन्यो , ‘दिदीहरू मम सकिएको छ।

सुकुटी ल्याइदिउ ?साथीले सोधी , ‘सुकुटी के को हो नि ? उसले भन्यो ,’ राँगाको हो दिदी । ऊ जुरुक्क उठि , भनी – हिंड जाऔं अर्को खाजाघरमा ।

राँगाको सुकुटी पनि कसले खाओस् भन्दै उठी। बोर्डमा ‘यहाँ मम , सुकुटी पाइन्छ’ भन्ने उल्लेख थियो। तर खसिबाख्रा भन्ने कुनै उल्लेख थिएन।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस