२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स : जहाँबाट १२१ वर्षमा निस्कियो ९०० टन सुन

‘उनलाई भनिदिनुस् कि म आइरहेको छु, आफ्नो केजीएफ लिनका लागि ।’ कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’मा अभिनेता सञ्जय दत्तको यो डायलग अहिले चर्चामा छन् ।

दर्शकबीच प्रचलित यस फिल्मको ट्रेलर केही समय अघि मात्रै रिलिज गरिएको थियो । ट्रेलरको रिलिज भएसँगै सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ । यसको भिडियोलाई दुई दिनमा नै ६.२ करोड पटक युट्युबमा हेरिसकिएको छ ।

फिल्म यही १४ अप्रिलमा रिलिज हुँदैछ । त्यसैले यो चलचित्रको चर्चा सामाजिक सञ्जाललगायत सबैतिर चर्को रुपमा भइरहेको छ । फिल्ममा कन्नड सुपरस्टार यश केन्द्रीय भूमिकामा छन् भने सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजजस्ता ठूला कलाकार पनि छन् ।

यो फिल्म मूलतः कन्नड भाषामा बनेको हो । यसको पहिलो भाग हिन्दीसँगै कन्नड, तेलुगू र तमिल भाषामा २१ डिसेम्बर २०१८ मा रिलिज भएको थियो । त्यसपछि फिल्मको भारतलगायत अन्य मुलुकमा पनि प्रशंसा भयो र त्यसबेलादेखि दर्शक यसको दोस्रो भागको प्रतीक्षामा थिए ।

केजीएफको इतिहास
केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स कर्नाटकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ । रोबर्टसनपेट दक्षिण कोलार जिल्लाको मुख्यालयबाट ३० किलोमिटरको दूरीमा रहेको एउटा तहसिल हो, जहाँ यो खानी अवस्थित छ ।

बैंग्लोर–चेन्नई एक्सप्रेस वेमा बैंगलोरको १०० किमी पूर्वमा केजीएफ टाउनसिप छ । समाचार वेबसाइट ‘द क्विन्ट’ले आफ्नो एक रिपोर्टमा केजीएफको गौरवशाली इतिहासको बारेमा लेखेको छ । सो रिपोर्टअनुसार सन् १८७१ मा न्युजिल्याण्डबाट भारत आएका बेलायती सैनिक माइकल फिट्जगेराल्ड लेभालीले बैंग्लोरमा आफ्नो घर बनाएका थिए । त्यतिबेला उनको अधिकांश समय पढाइमा बित्ने गर्थ्यो ।

यसैबीच उनले १८०४ मा एशियाटिक जर्नलमा प्रकाशित चार पृष्ठको लेख पढे । त्यसमा कोलारमा फेला परेको सुनको बारेमा बताइएको थियो । यो लेखका कारण कोलारप्रति उनको चासो बढ्न थाल्यो । यस विषयमा पढ्दै गर्दा लेलेवेलीले बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनको लेख फेला पारे । लेवेलीबाट प्राप्त जानकारी अनुसार सन् १७९९ को श्रीरंगपट्टनमको युद्धमा टिपु सुल्तानलाई मारेर अंग्रेजहरूले कोलार र वरपरको क्षेत्र कब्जा गरेका थिए ।

केही समयपछि अंग्रेजहरूले यो भूमि मैसूर राज्यलाई दिए । तर तिनीहरूले सर्वेक्षणका लागि भन्दै कोलारको भूमि आफ्नो साथमा राखे ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस